सडकमा छाडा पशुको बिगबिगी र दुर्घटना कम गर्न ‘चम्किलो स्टिकर’

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका मुख्य सडकमा छाडा पशुचौपायाको बिगबिगी बढेको छ । जसले दुर्घटनाको जोखिम बढाएको छ । सानाठूला दुर्घटना दिनहुँजसो भइरहेका हुन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकामा पशुचौपायालाई ‘रिफ्लेक्टिभ स्टिकर’ बाँध्न थालिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकास्थित वडा प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा रहने छाडा पशुचौपायालाई ‘रिफ्लेक्टिभ स्टिकर’ बाँध्न थालेको हो । सडकमा छाडा छाडिएका पशु चौपायाका कारण सवारी साधन दुर्घटना हुँदा मानव तथा पशु दुवै घाइते हुने तथा ज्यान जाने भइरहेकाले त्यसबाट जोगाउनका लागि पशुचौपायालाई रातीको समयमा चम्किलो देखिने स्टिकर टाँस गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
अहिले पहिलो चरणमा वडा प्रहरी र अस्थायी ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्राचोकदेखि वडा नं. ४ सल्यानीबागसम्म फेला परेका २५ वटा छाडा पशुचौपायाको शरीरमा चम्किलो स्टिकर टाँस गरिएको वडा प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्