मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
नेपालगञ्ज । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा आज मध्यान्ह दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१९ आलानगरका ३९ बर्षीय लोक बहादुर वंशी मगरको मृत्यु भएको हो । गम्भीर घाइते वंशी मगरलाई अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विपरीत दिशाबाट आइरहेका भे ७ प ४३४० नम्बरको मोटरसाइकल र अर्को एक मोटरसाइकल ठोक्किँदा राप्तीसोनारी-६ छट्क पुर बस्ने २९ बर्षीय राधेश्याम थारु घाइते हुनुभएको छ । थारुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै जना मोटरसाइकल चालक हुन् ।







प्रतिक्रिया राख्नुहोस्