श्रीलङ्काका राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीद्वारा शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा राष्ट्रपति अनुरा दिसानायकेलाई बधाई दिनुभएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत् शुभकामना तथा बधाई दिनुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको कार्यकालको सफलताको कामना पनि गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति दिसानायकेको कार्यकालमा दुई देशबीचको मित्रता र आपसी सहयोग अझै प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्