आयोगद्वारा आर्थिक वर्ष २०८०/८१ मा १ हजार ५ सय ४५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा १ हजार ५ सय ४५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारजन्य कसुरसम्बन्धी मुद्दा दायर गरेको छ ।
आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्षमा विभिन्न २ सय १ मुद्दामा ५ सय २० जना सरकारी कर्मचारी, १ सय ४८ जना विभिन्न सरकारी निकायमा मनोनीत पदाधिकारी, १ सय ६ जना निर्वाचित जनप्रतिनिधि र अन्य लेखापढी व्यवसायी, बिचौलिया, राजनीतिक नियुक्ति पाएका व्यक्ति तथा विभिन्न सङ्घसंस्थाका पदाधिकारी गरी ७ सय ७१ जनालाई प्रतिवादी बनाइएको जानकारी दिएको हो ।
प्रतिवादीहरूबाट ८ अर्ब ४० करोड भन्दा बढी बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगको ३४ औँ वार्षिक प्रतिवेदन बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा आयोगमा २६ हजार ९ सय १८ वटा भ्रष्टाचारजन्य कसुरसम्बन्धी उजुरीहरू परेको बताउनुभयो ।
आयोगमा परेका उजुरीहरूमध्ये सबैभन्दा धेरै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहहरूसँग सम्बन्धित विषयमा करिब ४० प्रतिशत उजुरी परेको आयोगले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्