‘फौजदारी कानुनलाई समयसापेक्ष संशोधन गर्ने गृहकार्य भइरहेको छ’
नेपालगन्ज । महान्यायाधिवक्ता रमेश बडालले फौजदारी कानुनलाई समयसापेक्ष संशोधन गर्न आवश्यक गृहकार्य भइरहेको बताउनुभएको छ ।
नेपालगन्जमा आज उच्च र जिल्ला बारले संयुक्त रूपमा आयोजना गरेको स्वागत कार्यक्रममा महान्यायाधिवक्ता बडालले फौजदारी कानुन कार्यान्वयनमा देखिएका जटिलतालाई हल गर्ने गरी गृहकार्य भइरहेको उहाँले बताउनुभयो । महान्यायाधिवक्ता बडालले अनुसन्धान, अभियोजन सम्बन्धमा देखिएका जटिलताहरूलाई सहज बनाउँदै कानुनमा देखिएका अड्चनहरूलाई संशोधन गर्ने गृहकार्य समेत भइरहेको बताउनुभयो । उहाँले कानुन व्यवसायीलाई कानुनी साक्षरता प्रदान गरिरहेको बताउनुभयो ।
उच्च बारका अध्यक्ष चित्र बहादुर शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।








प्रतिक्रिया राख्नुहोस्