‘कानुनका कुरा’ रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्झौता

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र रेडियो नेपालबीच ‘कानुनका कुरा’ रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्झौता भएको छ।
कानुनी सचेतता प्रदान गर्ने उद्देश्यले उत्पादन हुने रेडियो कार्यक्रम रेडियो नेपालबाट हरेक महिनाको पहिलो र तेस्रो बुधवार बिहान ७ः२५ देखि ७ः४० बजेसम्म प्रसारण हुनेछ।
सम्झौता पत्रमा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्री र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उप सचिव हिमालचन्द्र अर्यालले आज हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा कानुन न्याय तथा संसदीय मामला मन्त्रालयका सहसचिव बिनोद भट्टराईले नागरिकमा कानुन सम्बन्धि चेतना फैलाउन कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।







प्रतिक्रिया राख्नुहोस्