तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह स्वमूल्याङ्कन : बाँकेमा डुडुवा गाउँपालिका पहिलो

नेपालगञ्ज । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लाका आठ स्थानीय तहमध्ये डुडुवा ८५ अङ्कका साथ प्रथम भएको हो ।

८१ अङ्कका साथ कोहलपुर नगरपालिका दोस्रो हुँदा तेस्रो स्थानमा खजुरा गाउँपालिका छ । जसले ७७.५० अङ्क प्राप्त गरेको छ । यस्तै चौथो स्थानमा रहँदै जानकी गाउँपालिकाले ७६.५० अङ्क प्राप्त गर्दा पाँचौँ स्थानमा रहेको बैजनाथ गाउँपालिकाले ७३.२५ अङ्क हासिल गरेको छ । त्यसपछिका स्थानमा राप्तीसोनारी गाउँपालिका ७०.५०, नरैनापुर गाउँपालिका ६७.२५ र पुछारमा रहँदै नेपालगञ्ज उपमहानगरपालिकाले ६४.७५ अङ्क प्राप्त गरेका छन् ।

गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button