तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक समृद्धिको लागि एमाले सक्षम : उपाध्यक्ष बराल

धनकुटा । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अगाडि बढाउन नेकपा एमाले सक्षम रहेको बताउनुभएको छ ।

सोमबार एमाले धनकुटाको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष बरालले अहिले आर्थिक रूपले सङ्कटमा फसेको मुलुकलाई आफ्नो पार्टीले नै निकास दिलाउने बताउँदै अब मुलुक हाँक्न एमालेको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले एमालेको राष्ट्रिय सङ्कल्प र मिसन ८४ पुरा गर्ने यात्रा कोशी प्रदेशको धनकुटा जिल्लाबाट सुरु भएको बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी धनकुटाका निवर्तमान जिल्ला अध्यक्ष तथा राष्ट्रिय भूमि आयोग धनकुटाका अध्यक्ष बलबहादुर राई लगायतका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button