यातायात कार्यालयद्वारा सवारी साधनको अनुगमन
नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीमा आटोरेक्सा तथा सार्वजनिक सवारी भाडाका सवारीसाधनको अनुगमन गरिएको छ । जिल्लामा आटो रिक्सा तथा सार्वजनिक सवारी भाडाका सवारी साधनको जनगुनासो आएपछि मूलतः तिन पाङग्रे आटो रिक्साको समस्या देखिएको भन्दै यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले सडकमै अनुगमन गरेको हो ।अनुगमनको क्रममा अधिकांश अटो रिक्सा चालकले धनिले सवारी अनुमिति नलिएको पाइएको यातायात व्यवस्था सेवा कार्यालय परासीका प्रमुख मुक्ति प्रसाद पाण्डेयले बताउनु भयो ।
अटो रिक्सा सवारी धनीले आवश्यक कागजपत्र दुरुस्त नराखेको पाइएको सवारीको नवीकरण नगरी सवारी सञ्चालन गरिहरेको पाइएको पाण्डेयले जानकारी दिनुभयो । अटोरेक्सा सवारीधनीले तेस्रो पक्ष बिमा नगरेको पाइएको र सवारी जाँचपास नलिई सञ्चालन गरेको पाइएको कार्यालय प्रमुख पाण्डेयले बताए ।अनुमतिपत्र नलिएको सवारीसाधन नवीकरण नगरेको र तेस्रो पक्ष बिमा नगराएका सवारीधनीलाई यी सबै कागजपत्र तुदरुत गरी समयमा कर बुझाऊ जाँच पास लिई मात्र अटोरेक्सा सञ्चालन गर्न निर्देशन दिइएको कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो ।पाल्हीनन्दन गाउँपालिका ,बर्दघाट नगरपालिका र सुनवल नगरपालिका अटोरेक्सा र सार्वजनिक सवारी भाडाका सवारी चालकहरूलाई प्रशिक्षण पनि दिएको पाण्डेले बताउनुभयो ।
यातायात व्यवस्था सेवा कार्यालय परासीले अब अनुगमनलाई निरन्तरता दिने महिना एक पटक अनुगमन नभई तीन महिनामा एक पटक सवारीसाधनलाई अनुगमन गर्ने उहाँले उल्लेख गर्नुभयो । अनुगमन गरेको फेरी अनुगमन जाँदा समस्या उस्तै रहेको छ भने सवारी चालक र सर्बपछिया भेला गरेर समस्याको साधान गर्ने बताउनुभयो ।
विशेष गरी अहिले देखिएको समस्या सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकाको अटोरेक्सा सञ्चालन विवाद समस्या देखिएको यसको समस्या समाधान गर्न परमिट लागु गरेर जान सकेमात्र समाधान गर्न सकिने बताइएको छ । कानुनमा तीन पडग्रे सवारी साधनको लागी तोक्ने परमिट स्थानीय सरकारलाई अधिकार दिएकोले पालिकाहरूले नीति बनाई परमिट लागु गरे अटोरेक्सा समस्या समाधान हुने पाण्डेयको भनाई छ ।
आटो रिक्सा तथा सार्वजनिक सवारी भाडाका सवारीसाधनको अनुगमन जिल्लाको बर्दघाट नगरपालिका, सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा गरिएको थियो । अनुगमनमा यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीका प्रमुख मुक्तिप्रसाद पाण्डेय,घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम पौडेल,जिल्ला प्रशासन कार्यालय नवलपरासीका दयराम चौधरी,जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयका प्रतिनिधि,उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिले संयुक्त रुपमा अनुगमन गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्