तपाईँ सुन्दै हुनुहुन्छः

कर सङ्कलनसम्बन्धी अध्यादेश पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सामयिक राजस्व सङ्कलन सम्बन्धी व्यवस्था गर्न बनेको (कर) अध्यादेश २०८१ ल्याएको छ ।

बजेट शून्यता रहेको अवस्थामा प्रदेश सरकारले तत्काल राजस्व सङ्कलन गर्ने कार्यका लागी कर अध्यादेश ल्याएको हो । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले उक्त अध्यादेश स्वीकृत गरेको आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बताउनु भयो । उहाँले अध्यादेश प्रमाणीकरणका लागी प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरिएको जानकारी दिनुभयो । अध्यादेश प्रमाणीकरण भएर प्रदेश राजपत्रमा प्रकाशित भएपछि राजस्व सङ्कलनको बाटो खुल्ने सरकारी अधिकारीको भनाई छ । तत्कालीन सरकारले ल्याएको बजेट पारित नहुँदा सुदूरपश्चिम प्रदेशमा कर सङ्कलन ठप्प रहेको छ भने सरकार बेखर्ची बनेको छ । यहाँ साउन १ गते देखि सबै प्रकारका राजस्व सङ्कलन गर्ने काम रोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button