मन्त्री भण्डारीद्वारा आयल निगम थानकोट कार्यालयको निरीक्षण

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले कार्यालय व्यवस्थित गर्न, चुहावटमा शुन्य सहनशीलता अपनाउन र कार्यालयमा सुशासन कायम गर्न निर्देशन दिनुभयो ।
यसअघि, उहाँले गुह्येश्वरीस्थित आयल निगमको हवाई इन्धन डिपो कार्यालय सार्ने ठाउँको शनिबार अनुगमन गरी काम अघि बढाउन निर्देशन दिनुभएको थियो ।
मन्त्री भण्डारीले अहिले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रम गरिरहनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्