‘हाम्रो स्वास्थ्य सरोकार’ प्रसारण गर्नेसम्बन्धी सम्झौता सम्पन्न
पोखरा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, गण्डकी प्रदेश पोखराबिच कार्यक्रम ‘हाम्रो स्वास्थ्य सरोकार’ प्रसारण गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्मा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार स्वास्थ्य गतिविधि र अन्तर्वार्ता समावेश हुने कार्यक्रम “हाम्रो स्वास्थ्य सरोकार” प्रत्येक आइतबार बेलुकी ५ः१५ बजेदेखि ५ः४० बजेसम्म २५ मिनेट प्रसारण हुनेछ ।
त्यस अवसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. विनोद बिन्दु शर्माले विगतमा जस्तै आगामी कार्यक्रमहरू पनि सर्वसाधारणहरूलाई सुसुचित गर्दै स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो
कार्यक्रम “हाम्रो स्वास्थ्य सरोकार” प्रसारण गर्ने सम्झौता गरेकोमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय प्रति धन्यवाद व्यक्त गर्दै कार्यालयका प्रमुख सुरेन्द्र प्रसाद यादवले सो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, गण्डकी प्रदेश पोखराको मिडियम वेभ ६८४ किलोहर्जका साथै एफ.एम. ब्यान्डको १०० मेगाहर्जमा पोखरा, तनहुँको बन्दीपुर, पर्वतको दुर्लुंगकोट साथै १०३ मेगाहर्जमा नवलपुरको दाउन्ने र पाल्पाको वगनासकाली रीले स्टेसनहरूबाट सुन्न सकिने तथा रेडियो नेपालको अनलाइन, मोबाइल एप र फेसबुक पेजबाट समेत कार्यक्रम प्रसारण हुने जानकारी दिनुभयो । सम्झौता अनुसार कार्यक्रम “हाम्रो स्वास्थ्य सरोकार” को ५२ शृङ्खला प्रसारण हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्