उपप्रधानमन्त्री सिंहसँग तीन वटै सुरक्षा निकायका प्रमुखको भेट

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग तीन वटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी हुनुहुन्थ्यो ।
उहाँहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिनुका साथै आआफ्नो सुरक्षा निकायले गरेका कामबारे जानकारी गराउनुभएको थियो ।
भेटमा उपप्रधानमन्त्री सिंहले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समेत जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्