तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएपछि आजका लागि सारिएको थियो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button