तपाईँ सुन्दै हुनुहुन्छः

प्रवक्तालाई निलम्बन गर्ने रास्वपाको निर्णय

काठमाडौँ I राष्ट्रिय  स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । 

ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो । 

ढकालले पार्टीको बैठकमा अराजकता प्रस्तुत गरेको भन्दै यसअघि पार्टीको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button