तपाईँ सुन्दै हुनुहुन्छः

झापामा कोशी प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनसिप झापाका हर्क बने च्याम्पियन

भद्रपुर, झापा । झापाका कोशी प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनसीप प्रतियोगिता शनिबार राति सम्पन्न भएको छ ।

प्रतियोगितामा झापाका हर्कबहादुर राई प्रथम हुनुभयो । उहाँ उत्कृष्ट चारवटा तौल समूहका विजेतालाई पछि पार्दै च्याम्पियन बन्नुभएको हो ।

प्रतियोगितामा ग्यालेक्सी फिटनेसबाट ७० केजी तौल समूहमा सहभागिता जनाउनुभएका राईले ओभरअल च्याम्पियन बन्दै उपाधिसहित १ लाख ५० हजार र ट्रफी प्राप्त गर्नुभयो ।

प्रतियोगिताको फस्ट रनरअप झापाकै अभिजित राजवंशी हुनुभयो । उहाँले नगद १ लाखसहित ट्रफी पाउँदा सेकेन्ड रनरअप मोरङका टंकबहादुर मगले नगद ५० हजार र ट्रफी प्राप्त गर्नुभयो । चौथो स्थानमा ६५ केजी तौल समूहका उदयपुरका अमनकुमार शाह रहनुभयो । उहाँले नगद ३० हजार पाउँदा पाँचौँ स्थानमा ५५ केजीका उदयपुरकै अनिश राईले नगद २० हजार प्राप्त गर्नुभयो ।

प्रदेश सरकारको खेलकुद विकास बोर्डको आयोजना, झापा जिल्ला खेलकुद विकास समितिको संयोजन तथा झापा बडिबिल्डिङ तथा फिटनेस सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button