तपाईँ सुन्दै हुनुहुन्छः

 झरीकाबीच ५८२ औँ हप्ताको वाग्मती सफाइ

काठमाडौँ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ असारे झरीकाबीच ५८२औँ हप्ताको वाग्मती सफाइ गरिएको छ । 

वाग्मती नदी किनार एवं बाटोको फोहर छाता, रेनकोट ओढेर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । नकुहिने फोहर बानेश्वर महिला वातावरण प्रालिको ट्र्याक्टरमा राखी व्यवस्थापन गरिएको छ ।  

सफाइसँगै वाग्मती किनारमा दुई वटा अम्बा र एउटा एभोकाडोको बिरुवा पनि रोपिएको शाहीले बताउनुभयो । अर्को हप्ताको शनिबार बिहान कोटेश्वर महादेव मन्दिरमुनिको वाग्मती पहेँलो पुलस्थित गणेश मन्दिर चोकमा सफाइ गरिने सफाइ महाअभियानले जनाएको छ । 

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ५४१औँ हप्तामा सर्वेश्वर मन्दिरमुनिको नदी किनारमा सफाइ गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो । वाग्मतीका विष्णुमती, रुद्रमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि आज सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर भइरहेको छ । महाअभियानबाट प्रभावित भएर देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button