तपाईँ सुन्दै हुनुहुन्छः

टिआरसी विधेयकका विषयमा तीन दलबीच छलफल

काठमाडौँ । शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा तीन दलका नेताहरुबीच छलफल शुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूबीच छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालगायत पार्टीका अन्य नेताहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button