तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक: निलम्बित मुख्य सचिव अर्यालको  योजना आयोगमा सरुवा 

काठमाडौँ । सरकारले मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई  राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सृजना गरी राष्ट्रिय  योजना आयोगमा सरुवा गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भ्रष्टाचारको मुद्दा लागेपछि कानुन बमोजिम स्वतः निलम्बनमा पर्नुभएका मुख्य सचिव डा. अर्याललाई विशेष पद सृजना गरी सरुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यसैगरी सरकारले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

सरकारले ८७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ विनियोजन भएकोमा ९३ प्रतिशत हुने गरी  बाँकी रकम  १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गरेको मन्त्री शर्माले जानकारी दिनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button