तपाईँ सुन्दै हुनुहुन्छः

आफैले चलाएको जीपले च्यापिएर चालकको मृत्यु, सह–चालक घाइते

सुर्खेत । आफैले चलाएको जीपले च्यापिएर एक चालकको मृत्यु भएको छ ।

उकालो बाटोमै सवारी साधन धोइपखाली गर्न खोज्दा सोही जीपले च्यापिएर घाइते भएका दैलेखको महाबु गाउँपालिका–६, का जीप चालक २५ वर्षीय चन्द्र काफ्लेको मृत्यु भएको हो । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका अनुसार मङ्गलवार बेलुका साढे ८ बजे तिर दैलेखको महाबु गाउँपालिका–६, फुम्ली डाँडास्थित भित्री सडकखण्डमा महाबु बाहुन थानातर्फ जाँदै गरेको भे १ च– ३६०६ नम्बरको जीपलाई सडकको उकालो भागमा रोकेर पानीले धुने क्रममा गाडी व्याक हुँदा सवारी चालक काफ्ले  जीपले च्यापिएर घाइते भएका थिए ।

घाइते चालकको उपचारका लागि  सुर्खेत अस्पताल ल्याउँदै गर्दा  बाटोमै मृत्यु भएको ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका सूचना अधिकारी (प्रहरी निरीक्षक) भूपेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँले उक्त घटनामा घाइते अर्का सह–चालक दैलेखको महाबु गाउँपालिका–६, का १६ वर्षीय विकास शाहीको अहिले प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button