मिडिया काउन्सिल विधेयकमा सरोकारवालासँग छलफल

काठमाडौँ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमा सरोकारवालासँग छलफल गरेको छ ।
समितिको सभाहल सिंहदरबारमा आज भएको छलफलमा फ्रिडम फोरमका अध्यक्ष एवम् पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले काउन्सिल स्वायत्त हुनुपर्ने बताउनुभयो ।
फ्रिडम फोरमका अध्यक्ष दाहालले आचारसंहिता बनाउने र पालना गराउन सरोकारवालासँग छलफल गर्न आवश्यक रहेको बताउँदै प्रेस काउन्सिल पदाधिकारीको उमेर हद तोक्न नहुने बताउनुभयो ।
बैठक नेपाल पत्रकार महासङ्घका सदस्य एवम् आमसञ्चार विभाग प्रमुख सन्तराम विडारीले काउन्सिललाई सञ्चार मन्त्रालयको मातहतमा राख्न खोजिएको भन्दै यसलाई स्वायत्त संस्था बनाउने गरी कानुनी व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
महासङ्घका सदस्य विडारीले पत्रपत्रिकाको वर्गीकरण हटाउनु नहुने र नियमन पक्ष बलियो बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्