तपाईँ सुन्दै हुनुहुन्छः

यौनिक तथा अल्पसङ्ख्यक समुदायको मूलप्रवाहीकरणमा जोड

काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक समुदायले आत्मसम्मानसहित स्वतन्त्र पूर्वक बाच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 

राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले  लैङ्गिक पहिचानसहित  यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई मूल प्रवाहमा ल्याउन राज्यले ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले  यौनिक तथा अल्पसङ्ख्यक समुदायका उजुरीहरू आउने गरेको तर सम्बोधन गर्ने कानून र संरचना नहुँदा समस्या हुने गरेको बताउनुभयो । 

त्यसैगरी यौनिक तथा अल्पसङ्ख्यक समुदायको अधिकार अभियानकर्मी भूमिका श्रेष्ठले पहिचान खुलाउँदा देखि यौनिक तथा अल्पसङ्ख्यक समुदायले विभेद खेप्नुपरेको भन्दै आफूहरूले पनि समानरुपमा बाच्न पाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button