धनगढीमा सुदूरपश्चिम प्रदेश श्रमाधान रोजगार मेला शुरु
कैलाली । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश श्रमाधान रोजगार मेला शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिका आयोजक रहेको रोजगार मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको हो ।

जेठ २७ र २८ गते दुई दिनसम्म चल्न मेलामा सरकारी तथा निजी क्षेत्रका विभिन्न स्टल राखिएका छन् । बेरोजगार श्रमिकलाई रोजगारदातासँग जोड्ने मेलाको उद्देश्य रहेको छ । प्रदेश भित्रका बेरोजगार श्रमिक र रोजगारदाता बिच देखिएको खाडल पुर्न मेला सहयोगी बन्ने विश्वास लिइएको छ ।

रोजगार मेलामा श्रमिकलाई चाहेको क्षेत्रमा काम पाउने गरि आवेदन भर्न र रोजगारदाता सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रले परामर्श दिने व्यवस्था मिलाइएको छ । मेलामा बेरोजगार श्रमिकहरूको घुइँचो लागेको देखिन्छ । रोजगार मेलालाई मन्त्री भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मेलामा प्रदेश सभा सदस्य धर्मराज पाठक, जनप्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी, रोजगारदाता क्षेत्रका प्रतिनिधि, श्रमिक लगायतको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्