प्रतिनिधिसभामा अर्थ सम्बन्धी तीनवटा विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ सम्बन्धी तीनवटा विधेयक प्रस्तुत भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले “विनियोजन विधेयक, २०८१, “राष्ट्र ऋण उठाउने विधेयक, २०८१”, र “भन्सार महसुल विधेयक, २०८१” प्रस्तुत गर्नुभएको हो ।
बैठकमा तीनवटै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले गर्नुभएको विरोधको सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।
यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।







प्रतिक्रिया राख्नुहोस्