नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त इतिहास विमोचन
भैरहवा । नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त इतिहासको पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले विमोचन गर्नुभएको छ ।

भैरहवामा भइरहेको नेकपा एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशनमा उक्त पुस्तक पौडेलले बिमोचन गर्नुभएको हो ।
रुपन्देही जिल्ला कमिटीले ५० औँ बर्ष पूरा गरेको अवसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डाक्टर मुरारी पराजुलीले गर्नुभएको छ । पुस्तक जम्मा ३ सय ५ पृष्ठ रहेकोमा ६ अध्यायमा रुपन्देही जिल्लाको परिचय, कम्युनिस्टको परिचय र प्रसार, नेपाल कम्युनिस्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको इतिहास, एमाले रुपन्देहीको सङ्क्षिप्त नेतृत्व परिचय तथा २००९ साल देखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने व्यक्तित्वहरूको समय अवधि सहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ ।
नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिव २००९-२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८-२०८१) तेजेन्द्र केसीको व्यक्तिगत र पार्टीगत जीवनी रहेको छ । उक्त पुस्तकको मूल्य रु ४ सय ९९ रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्