तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा प्रहरीद्वारा २ करोड मूल्य बराबरको भन्सार छलीको औषधी बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा झण्डै अवैध रुपमा भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा करिब २ करोड मूल्य बराबरको औषधी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीले चेकजाँचका क्रममा बिलबिजक भन्दा बढीको औषधी बोकेको ट्रक नियन्त्रण गरि  कागजात हेर्दा भन्सार छलीका १ करोड ८५ लाख मूल्य बराबरको औषधी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक  कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

वीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश–०२–०३–००१ ख ६५५७ नम्बरको ट्रकबाट उक्त परिमाणको औषधी बरामद भएको प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।

औषधीसहित नियन्त्रणमा लिएको ट्रकलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button