तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिनु हुँदै

धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिनु हुँदैछ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनार्थ आज बिहान १०:३० बजे प्रदेश सभा बैठक आह्वान गर्नुभएको छ । ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, स्वतन्त्रको समर्थनमा वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

सत्ता साझेदार दल एमाले, माओवादी केन्द्रले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेका छन् भने नागरिक उन्मुक्ति भित्र विश्वासको मत दिने र नदिने भन्नेमा विवाद रहेको छ । प्रदेश सभामा ७ जना रहेको नागरिक उन्मुक्तिका २ जना मन्त्री रहेका छन् । 

सरकारलाई समर्थन गरेका दलका प्रदेश सभा सदस्यको सङ्ख्या २८ रहेकाले मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउन निश्चित जस्तै देखिन्छ । ५३ सदस्यीय प्रदेश सभामा बहुतका लागी २७ जना आवश्यक पर्छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले विश्वासको मत सम्बन्धी संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button