सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक संसद अवरोधकै विषयमा केन्द्रित थियो ।प्रधानमन्त्री र सभामुखबीच करिव ४५ मिनेट छलफल भयो ।
सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेकाबेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउनुभयो ।
संसद सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिनुभयो ।
उहाँले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गर्नुभयो । प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्