तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री हस्तान्तरण 

सुनसरी । सुनसरीको गढी गाउँपालिकाले २७ जना अपाङ्गता भएका गाउँपालिकावासीलाई सहायक सामाग्री हस्तान्तरण गरेको छ । 

आज गाउँपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।    

गढी वडा नम्बर १ देखि ६ सम्मका अतिबिपन्न अपाङ्गता तथा पूर्ण असक्त अपाङ्ग, भएका व्यक्तिहरूलाई प्रमुख प्रशासकीय अधिकृत खड्काले सहायक सामाग्री हस्तान्तरण गरेका छन् ।

अपाङ्गता प्रति समाजमा विद्यमान नकारात्मक धारणाहरूमा न्यूनीकरण गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र सरोकारवालाहरूको व्यवहारमा परिवर्तन गराउन पनि यस कार्यक्रमले निकै राम्रो भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले बताए । 

खड्काले हिँडडुल गर्न नसक्ने अपाङ्गता भएका ६ जनालाई १ थानका दरले ६ थान ह्विल चियर, चर्पी चियर ५ थान,  डिजिटल हेयरिङ्ग एड ७ थान, वाल्कर ३ थान, बैसाखी ७ थान यल येस्टिक २ थान गरि जम्मा २८ जनालाई सहायक सामाग्री हस्तान्तरण गरेका थिए ।  

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खड्काले जन्मजात अपाङ्ग हुनु र दुर्घटना बाट अपाङ्ग हुनु अभिसाप वा पाप होइन त्यसैले अपाङ्गता भएका व्यक्तिहरू समाजका बोझ होइनन्, समाजका नागरिक हुन भन्ने सन्देश दिनपनि गढी गाउँपालिकाले यो कार्यक्रम आयोजना गरेको बताए ।     

प्रमुख प्रशासकीय अधिकृत खड्काले अपाङ्गता भएका व्यक्तिहरूको लागि सहज जीवनयापन र आर्थिक स्तर वृद्धि गर्न विभिन्न खाले कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको सहयोग र विकासका लागि लागिरहने प्रतिबद्धता प्रकट गरेका थिए ।   

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद यादव,लेखा प्रमुख बाबुराम पौडेल, सिबीआर सहजकर्ता गीता कुमारी माझी ,वार्ड २ का अध्यक्ष प्रभाकर माँझी, लगायतको उपस्थिति रहेको थियो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button