तपाईँ सुन्दै हुनुहुन्छः

भीमनारायण गोल्डकपको उपाधि विर्तामोड युनाइटेड क्लबलाई

धनकुटा । १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जितको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौँलाई ३–० गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब झापाले संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि चुमेको हो।

झापाले खेलको ५१ औँ मिनेटमा कप्तान आषिश चापागाईँको मार्फत गोलको खाता खोल्यो। यस्तै ६४ औँ मिनेटमा झापाकै आशिष गुरुङले अर्को १ गोल थप्दै २–० को अग्रतामा पुर्‍याए। यस्तै दोस्रो हाफको इन्जरी समयमा झापाकै देवेन्द्र तामाङले गोल गर्दै ३–० गोलको अग्रता बनाउँदै टिमलाई जित दिलाए। त्यसपछि डिबक्स भित्र झापाका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी प्रहार गरेका एपीएफका सुमन श्रेष्ठको प्रहार झापाका गोल किपर सन्दिप लिम्बूले रोकेका थिए।

उपाधि विजेता विर्तामोड युनाइटेड क्लब झापाले नगद ५ लाख रुपैयाँ तथा गोल्डकप हात पार्‍यो । उपविजेता बनेको सशस्त्र प्रहरीको एपीएफ क्लबले नगद २ लाख ५० हजार रुपैयाँ र रनिङ्ग कपमा चित्त बुझायो।

प्लेयर बेस्ट खेलाडी घोषित हुँदै झापाका आशिष गुरागाईँले नगद १७ हजार ५ सय ५५ रुपैयाँ हात पारे। यस्तै उत्कृष्ट गोलकिपर झापा सन्दिप लिम्बू, बेस्ट मिल्ड फिल्डर एपिएफ बुद्धिमान राई, बेस्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट फरवार्ड झापाका अभिषेक गुरुङ र बेस्ट कोच झापाका योगेश गुरुङ घोषित भए। उनीहरूले जनही नगद ७ हजार ५ सय ५५ रुपैयाँ हात पारे।

खेलपछि आयोजित समारोहमा विजेता र उपविजेता टिमलाई तथा विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङ पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button