तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट  लागेर एक जना युवाको मृत्यु

मुगु । मुगुको  सोरू गाउँपालिका वडा नं ६  सोरूकोटमा करेन्ट लागेर  एक जना युवाको मृत्यु भएको छ ।

 बिजुली बत्ती बनाउने क्रममा पोल चढेको बेला अचानक करेन्ट  लागेर भुईमा खसेपछि सोरू गाउँपालिका वडा नं ६  सोरूकोट निवासी २८ वर्षीय खम्मा शाहीको मृत्यु भएको मुगुका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो ।

बिहीबार बिहान ८:४५ बजे तिर बत्ती बनाउने क्रममा बिजुलीको पोल उग्लेको बेला घाम पावर मिनिग्रेट सोलार सिस्टमको  बिजुलीको करेन्ट लागेको थियो । 

करेन्ट लागे पछि बिजुलीको पोल उग्लेको बेला भुईमा खसेपछि शाहीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  मृतक शाहीको सव पोष्टमार्टमका लागी  जिल्ला अस्पताल ठिनीमा ल्याई पोष्टमाटर्म गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button