तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एस) चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनको अध्यक्षमा नरेन्द्र कुमार कन्दङ्गवा निर्वाचित हुनुभएको छ । पार्टीको बुधबार र बिहीबार सम्पन्न १० औँ अधिवेशनले कन्दङ्गवालाई सर्वसम्मत चयन गरेको हो। कन्द«नवाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कार्यसमिति रहने छ ।

समितिको उपाध्यक्ष द्वय ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध चयन हुनुभएको छ । सह–सचिवमा भने पार्टीको  विधान अनुसार तीनजना हुनुपर्नेमा आन्तरिक सहमति नभइसकेकोले केही दिनमा टुङ्गाउने गरि रिक्त राखिएको छ ।

त्यसैगरी भरतपुर महानगरपालिकाका खुल्ला सदस्यहरूमा जयकृष्ण सापकोटा, ज्ञानबहादुर कुमाल, बलराम सापकोटा, त्रिलोचन अधिकारी, सजिव लामिछाने, बोधराज सापकोटा, बलराम पौडेल (बि.क.) र सुुदन दराई रहेका छन् । त्यस्तै महिला सदस्यतर्फ प्रतिभा लामिछाने, अनिता भुजेल, सुनिता महतो, मिरा पोख्रेल, लक्ष्मी पोख्रेल र लक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ  । युवा खुल्ला सदस्यहरूमा महेशकुमार सुबेदी र भुपेन्द्र ढकाल र युवा महिला सदस्यमा कोपिला उपरकोटी निर्वाचित हुनुभएको छ  ।

रत्ननगर नगरपालिका अन्तर्गत खुल्ला सदस्य ५ जना मध्ये चिन्तामणी आचार्य, हरिहर पौडेल विष्णुप्रसाद अर्याल, गोकर्ण गिरी र दिपक थापा निर्वाचित हुनु भएको छ भने महिला सदस्य तर्फ ३ जना मध्ये निर्मला कुमारी खड्का, पार्वती घिमिरे र सङ्गीता खड्का कार्की चयन हुनुभएको हो  । युवा तर्फ विजय खनाल, महिला सदस्यमा सरस्वती लामा निर्वाचित हुनु भएको छ।

खैरहनी नगरपालिकामा  दुर्गादत्त अर्याल र कृष्णप्रसाद पाठक रहनुभएको छ भने युवा सदस्यमा हेम बहादुर गुरुङ छन् भने महिला सदस्यमा जमुना पाठक थपलिया निर्वाचित हुनुभएको हो  ।

माडी नगरपालिकामा  कमल बहादुर भुजेल र प्रेमराज तिमिल्सिना, युवा सदस्यमा रामचन्द्र लम्साल हुनुहुन्छ भने महिलामा धन रुपा महतो र चन्द्रकुमारी बानियाँ चयन हुनुभएको छ  ।

त्यसैगरी  राप्ती नगरपालिकामा खुल्लातर्फ ६ सदस्य रिक्त रहेका छन् । ३ महिला सदस्य मध्ये बुद्धिमाया श्रेष्ठ, अप्सरा थापा र ललिता चौधरी, युवा सदस्यमा हिराबहादुर श्रेष्ठ, युवा महिला सदस्यमा मिना दर्जी चयन हुनु भएको छ  ।कालिका नगरपालिकामा खुल्ला र महिलामा १÷१ सदस्य रिक्त रहेका छन् ।

समावेशी उम्मेदवार अन्तर्गत युवामा दिनेश घलान, दलितमा मन बिक र अपाङ्गतामा डा.बिपी शर्मा, अल्पसङ्ख्यामा रिक्त र ट्रेड युनियनमा निरप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ  ।

नव नियुक्त पदाधिकारीहरुकोे साथ सपथ ग्रहण कार्यक्रम सम्पन्न भएपछि नवनियुक्त अध्यक्ष कन्दङ्गवाले सबै  सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button