तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ । माटोको ढिस्कोले पुरिएर दाङमा दुई जना बालकाको मृत्यु भएको छ। 

दाङको घोराही उपमहानगरपालिका–९ कर्मटेका बस्ने १२ वर्षीय आशिष चौधरी र सोही ठाउँका वर्ष १२ का माधव चौधरीको माटोको ढिस्को खसेर पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिनुभयो । 

उनीहरू घोराही उपमहानगरपालिका–९ आन्द्राभयैरया स्थित बंबई नदी छेउमा माटो निकालेको खाल्टोमा खेलिरहेका बेला माटोको ढिस्कोमा पुरिएका थिए । माटोको ढिस्को खसेर पुरिएका उनीहरूलाई स्थानीयहरूले माटो ढिस्को हटाएर उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पुर्‍याएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी दाङले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button