सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने हुनु भएको छ । मुख्यमन्त्री शाहले चैत्र २२ गते प्रदेश सभामा विश्वास मत लिने प्रयोजनका लागि आज प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको उहाँका स्वकीय सचिव रामबहादुर विष्टले बताउनुभयो ।
नयाँ सत्ता समिकरणसगै नेकपा माअाेवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई चैत्र २२ गते भित्र विश्वासको मत लिई सक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको र त्यस प्रयोजनका लागि चैत्र २२ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनु हुने कार्युची रहेको प्रदेश सभा सचिव देव बहादुर बोगटीले बताउनु भयाे । सुदूरपश्चिम प्रदेशमा सरकार गठन (बहुमत)का लागि कम्तीमा २७ जना प्रदेश सभा आवश्यक पर्छ । हाल यहाँ नेपाली काँग्रेस १८, नेकपा माअाेवादी केन्द्र (सभामुख सहित) ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्