तपाईँ सुन्दै हुनुहुन्छः

सडकको विकास भएर मात्रै हुँदैन मानवीय विकास गर्न जरुरी छः मुख्यमन्त्री कार्की

उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सडकको विकास भएर मात्र नहुने भन्दै मानवीय विकास गर्न जरुरी रहेको बताउनु भएको छ ।

सोमबार उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने वैद्यनाथ खोलामा नवनिर्मित पुलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । वहाँले प्रदेश सरकार आँगनको सरकार रहेको समेत बताउनु भयो । मुख्यमन्त्री कार्कीले वैद्यनाथ खोला पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँ जोडेको बताउँदै प्रदेश सरकारले भौतिकसँगै मानवीय विकासमा जोड दिएको दाबी गर्नु भयो । पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आयोजित पुल उद्घाटन कार्यक्रममा बोल्दै वहाँले  ‘कालोपत्रे सडकको विकास भएर मात्रै नहुने भएकोले मानिसहरूको भविष्य उज्ज्वल बनाउने मानवीय विकास गर्न सरकार जिकिर गर्नु भयो ।’वहाँले भन्नु भयो‘ बालबालिकाहरूको पढाई , स्वास्थ्यको जिम्मा प्रदेश सरकारले लिन्छ ।

प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्फत १४ करोड ९४ लाख ७३ हजार १ सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्ष भित्रमा निर्माण सक्नेगरी पुलको केएम ईन्जिनियर्स विल्डर्स प्राली काठमाडौँले ठेक्का पाएको थियो । तर दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै निर्माण सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल २ स्पामको बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button