प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिसभाको आजको बैठकमा सांसदहरुले बढ्दै गएको महँगी नियन्त्रणका लागि पहल गर्नुपर्ने, सडक पूर्वाधार पुनः निर्माणमा ध्यान दिनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले मुलुकमा महँगी, भ्रष्टाचार, बेरोजगार र हिंसाका घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले देशका विभिन्न भागमा सडक दुर्घटना बढ्दै गएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सवारी दुर्घटना न्यूनीकरणका लागि समयमा नै पहल शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसदहरुले बजेट र योजना वितरणलाई सन्तुलित र प्रभावकारी बनाउनु पर्ने, हरेक अन्तर पालिका र जिल्लाको सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
फ्रि भिसामा विदेश जाने नेपाली युवाहरूले काम नपाइरहेको, भनेका कम्पनीमा काम नपाएर दुःख खेप्न परिरहेको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्