तपाईँ सुन्दै हुनुहुन्छः

ट्याङ्कर पल्टिँदा एक बालकको मृत्यु

इलाम  । इलामको रोङ गाउँपालिका ३, कोल्बुङमा पानी बोक्ने ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मेची राजमार्गबाट मार्से जाने सडकबाट खसेर मे १ त २४०८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का १७ वर्षे रञ्जित लिम्बूको मृत्यु भएको पशुपतिनगर प्रहरीले जनाएको छ ।

त्यही ट्याङ्करमा काम गर्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक विष्णुबहादुर खड्काले बताए । ट्याङ्कर चालक ३६ बर्षका मनोज राई घाइते भएका छन् । उनको झापास्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button