तपाईँ सुन्दै हुनुहुन्छः

एमाले उदयपुरको अध्यक्षमा भागवत राउत 

उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत विजयी हुनुभएको छ । 

गएराति भएको निर्वाचनको मत परिणाम अनुसार उहाँ ३ सय ४४ मतका साथ अध्यक्ष पदमा विजयी भएको हो । उहाँका प्रतिस्पर्धी परमेश्वर घिमिरेले २ सय ३० मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा कालुमान लामा विजयी र भरतबहादुर थापा विजयी हुनुभएको छ । 

त्यस्तै, सचिवमा टेकबहादुर राउत विजयी हुनुभएको छ । सहसचिवमा हेमबहादुर खड्का विजयी हुनुभएको छ । त्यस्तै महिला सहसचिवमा गंगा राई विजयी हुनुभएको छ । 

निर्वाचनको मत परिणामअनुसार पाँच पदाधिकारीसहित १ सय ५ जनाको नयाँ जिल्ला कमिटी चयन भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button