‘होली पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुर्याउँछ’
विराटनगर । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय कोशी प्रदेशले आज होली मिलन कार्यक्रमको आयोजना गरेको छ । विराटनगर स्थित मुख्यमन्त्रीको आवासमा आयोजित कार्यक्रममा होली मिलन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यापारी, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।
त्यस अवसरमा मुख्यमन्त्री केदार कार्कीले होली तथा फागु पर्वले सम्पुर्ण नेपालीहरुबीच बन्धुत्व, प्रेम र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्