तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा पर्यटकहरूका लागि अनलाइन टिकट

भैरहवा । लुम्बिनी बिकास कोषले पर्यटकहरूका लागि अनलाइन टिकटको सुरुवात गरेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले लुम्बिनी बिकास कोषले आज आयोजना गरेको कार्यक्रममार्फत अनलाइन टिकटको सुरुवात गर्नुभयो ।  

अनलाइन टिकटको उद्घाटन गर्नुहुँदै मन्त्री तामाङले अनलाइन टिकटको सुरुवातसँगै टिकट वितरणमा हुने गरेका बेथिति अन्त्य हुने बताउनुभयो । उहाँले अनलाइन टिकटका कारण विदेशी पर्यटकलाई समेत सहज हुने बताउनुभयो । 

 लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा.ल्यार्काल लामाले अनलाइन टिकटले पारदर्शिता बढाउने बताउनुभयो । उहाँले समयअनुसार बिकास कोषलाई अनलाइन प्रणालीमा बिकास गरिएको बताउनुभयो । 

लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनी बिकास कोषले नीति तथा कार्यक्रम अन्तर्गतकै कार्यक्रम अनलाइन टिकटको सुरुवात गरिएको बताउनुभयो । “लामो लाइन लाग्नुपर्ने परिस्थिति अन्त्य हुनुपर्छ, घरबाट टिकट काटेर आउँदा पर्यटकलाई सहज हुनेछ ।”, उहाँले भन्नुभयो ।

पर्यटक टिकट अनलाइन भुक्तानीको व्यवस्था माछापुच्छ्रे बैङ्कमार्फत हुने कोषले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button