तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा आगलागीबाट एक जना घाइते

चैत ७

अछाममा आगलागीबाट एक जना घाइते भएका छन्। जिल्लाको मेल्लेख गाउँपालिका वडा नं.४ कुस्कोटका ३८ वर्षका करण बहादुर साउँद आगलागीबाट घाइते भएका हुन ।

चैत ६ गते मङ्गलवार राती ८ बजेको समयमा आफ्नै घरको भान्सा कोठामा खाना पकाई रहेको अवस्थामा भान्साको र्‍याकमा राखेको पेट्रोलको बोतल उनको शरीरमा खस्दा चुलोमा बालेको आगोबाट साउँदको शरीरमा आगो सल्किएको प्रहरीले जनाएको छ।

घाइते साउदको अहिले न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उनको पेट,दाहिने खुट्टा,दाहिने हात जलेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button