तपाईँ सुन्दै हुनुहुन्छः

आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिता शुरु

काठमाडौँ । आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।

अर्को खेलमा कोशी प्रदेशले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हरायो ।

यस्तै महिलातर्फ एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।

आठ दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता रहेको छ ।

नेपाल भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button