तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटाको धर्मशाला बजारमामा आगलागी हुँदा तीन घर जलेर नष्ट

धनकुटा । धनकुटा नगरपालिका–१० स्थित धर्मशाला बजारमामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । 

बिहीबार बिहान करिब साढे १० बजे स्थानीय कमला मोक्तानको घरबाट सुरु भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट स्थानीय मोक्तानको दुई तले घर पूर्ण रुपमा जल्दा १५ लाख बराबरको क्षति भएको छ भने नियरमान मोक्तानको अढाई तले दुई वटा घर जलेर पूर्ण नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको छ ।

 

यस्तै चन्द्रकुमारी अधिकारीको घर आंशिक रुपमा क्षति हुँदा १ लाख क्षति भएको छ भने रत्ना ठाडा मगरको दुई वटा घर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र धनकुटा नगरपालिकाको दमकलको सहयोग आगलागी नियन्त्रणमा आएको छ । 

आगो करिब ३ घण्टापछि नियन्त्रणमा आएको प्रहरी जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button