तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनमा आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद सचिवालयले भोलि मंगलरबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ । आजै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ ।

मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रियसभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले उम्मेदवार तय गरेका छन्।

माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार बन्ने छन्। यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button