तपाईँ सुन्दै हुनुहुन्छः

लमहीमा पूर्वपश्चिम राजमार्ग बन्द

दाङ। दाङको लमहीस्थित अर्जुन खोलामा पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ ।

सवारी दुर्घटनामा परि अटो चालक लमही ७ कमानपुर निवासी विष्णु बहादुर थापाको मृत्यु भएपछि पीडित परिवारले राजमार्ग बन्द गरेको हो । २५ गते अर्जुन खोलामा स्कारपियुले अटोलाई ठक्कर दिँदा अटोचालक थापाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका विश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ भने भारतीय नागरिक पङ्कज सिंह कश्मीर सिंहको भारतमा उपचार भइरहेको छ ।

मृतक थापाका पीडित परिवारले शव नबुझी सम्बन्धित गाडी धनी आएर स्पष्ट छलफल गर्नुपर्ने बताएका छन् ।

स्कारपियु चालक प्रहरी हिरासतमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button