तपाईँ सुन्दै हुनुहुन्छः

१५ दिने मध्यमा मिथिला परिक्रमा शुरु

धर्मको नाममा राजनीतिक गर्न हुँदैन : पूर्व राष्ट्रपति यादव

जनकपुरधाम । मिथिलाको सबैभन्दा ठूलो तथा लामो १५ दिने मध्यमा मिथिला परिक्रमा आजबाट शुरु भएको छ । 

पूर्व राष्ट्रपति डा.रामवरण यादवले धनुषाको मिथिला विहारी मठबाट डोलाको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले धर्मको नाममा राजनीतिक गर्ने काम भएकाले त्यसबाट जोगिन आवश्यक रहेको बताउनुभयो । 

उहाँले धर्मलाई धर्म नै रहन दिनका लागि आग्रह गर्नुहुँदै समाजमा अहिले विभिन्न प्रलोभनमा पारेर गरिब जनतालाई धर्मान्तरण गराउने काम भएकाले यसप्रति सबै धर्मका अनुयायीहरू सजग र सचेत रहन जरुरी रहेको बताउनुभयो । 

पूर्व राष्ट्रपति यादवले १५ दिने मध्यमा मिथिला परिक्रमालाई पर्यटन क्षेत्रको रुपमा विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले परिक्रमा मार्गमा पर्ने नदी तथा तलाउहरू सुक्न थाल्नुमा चुरेको दोहन प्रमुख रहेकाले यसको संरक्षण आवश्यक भएको बताउनुभयो । 

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले मध्यमा मिथिला परिक्रमाको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्नका लागि तयार रहेको बताउनुभयो । 

धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला बिहारी अर्थात् भगवान् श्रीरामको डोला उठेपछि यसको शुरुआत भएको मानिन्छ । 

त्यस्तै  जनकपुरधामको अग्निकुण्डबाट किशोरी जी अर्थात् माता सीताको डोला आजै साँझ उठ्ने कार्यक्रम रहेको छ । दुवै मठबाट उठेका डोला जनकपुरधामको हनुमानगढीमा आज रातिको विश्रामपछि भारतको कल्याणेश्वर स्थानका लागि प्रस्थान गर्ने कार्यक्रम छ । भारतको कल्याणेश्वर स्थानमा रहेको भगवान् कल्याणेश्वर महादेवलाई साक्षी मानेर कतिपयले परिक्रमामा सहभागी हुने गरेका छन् । 

१५ दिने मध्यमा मिथिला परिक्रममा अन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कल्यानेश्वर, फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाको धनुषाधाम, सतोखर, औरही पुग्ने कार्यक्रम रहेको छ ।  

पुनः करुण भारतको विसौल, कल्याणेश्वर स्थान हँुदै १४ औँ दिन जनकपुरधाम आएर राति विश्राम गरेर अन्तिम दिन अर्थात् १५ आँै दिन जनकपुरधामको अन्तर गृह परिक्रम गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न हुनेछ । 

नेपाल– भारत बीचको साझा धार्मिक यात्राका रुपमा रहेको परिक्रमामा सहभागी हुनका लागि नेपाल भारतबाट ठुलो सङ्ख्यामा तीर्थयात्रीहरू जनकपुरधाम आएका छन् । 

नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी भक्तजनहरूले खाली खुट्टा भजन कीर्तनसहित तय गन भएकोले योलाई कठोर पदयात्राका रुपमा लिने गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button