तपाईँ सुन्दै हुनुहुन्छः

‘रेडियो प्रदेश डायरी’ प्रसारणका लागि रेडियो नेपाल र आन्तरिक मामिला मन्त्रालय बीच सम्झौता

धनगढी  ।  सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र रेडियो नेपालका बीच रेडियो प्रदेश डायरी कार्यक्रम उत्पादन तथा प्रसारणका लागि सम्झौता भएको छ ।

प्रदेश सरकारका असल अभ्यास तथा गतिविधि समेटेर रेडियो प्रदेश डायरी कार्यक्रम उत्पादन तथा प्रसारणका लागि रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय, दिपायल र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका बीच सम्झौता भएको हो । उक्त कार्यक्रमको अवधि चालू आर्थिक वर्षको असार तेस्रो सातासम्म रहेको छ ।

कार्यक्रम अवधिमा रेडियो नेपाल, दिपायलबाट प्रदेश सरकारका असल अभ्यास अन्तर्गत सुशासन, विकास निमार्ण, योजना, बजेट बाँडफाँड एवं नीति तथा योजना,जनसहभागिता लगायतका विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गरि प्रसारण गरिने छ ।

त्यस क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव बिश्वदिप ब्रेसाले मन्त्रालय र रेडियो नेपालका बिच कार्यक्रम प्रसारणका लागि भएको सम्झौताले प्रदेश सरकारका असल अभ्यास र गतिविधि प्रसारण भएर आमनागरिकलाई सु-सूचित गराउन सहयोग पुग्ने बताउनु भयो ।

रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय, दिपायलका निमित्त कार्यालय प्रमुख दानसिंह ऐरले प्रदेश सरकारसँग सहकार्यका लागी रेडियो नेपाल सधैँ लागिरहने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button