तपाईँ सुन्दै हुनुहुन्छः

‘शान्ति तथा सीमा सुरक्षामा सशस्त्रको भूमिका महत्वपूर्ण’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मुलुकको शान्ति सुरक्षा तथा सिमानाको रक्षामा सशस्त्र प्रहरीको ठूलो भूमिका भएको बताउनुभएको छ ।

मुख्यमन्त्री यादवले सशस्त्र प्रहरी बल, नेपाल नंं २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीको २२ औँ स्थापना दिवस २०८० को अवसरमा आयोजित विशेष कार्यक्रमको आज महोत्तरी जिल्लाको बर्दिबासमा उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले सशस्त्र प्रहरीले मुलुकको शान्ति सुरक्षा तथा जनताको जीउ धनको सुरक्षाका लागि गरेको परिश्रमको उच्च सम्मान गर्दै सशस्त्र प्रहरी प्रदेश सरकारमा नभए पनि यसको विकासमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

सशस्त्र प्रहरीका अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक चन्द्रप्रकाश गौतमले सशस्त्र प्रहरीले विभिन्न आरोप–अवरोहबिच सरकारको नीति निर्देशन अनुसार देश र जनताको सुरक्षा तथा आपत् विपद्को समयमा काम गरेका बताउनुभयो ।

सभापतिको आसनबाट सशस्त्र प्रहरीको बर्दिबास स्थित बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले मधेश प्रदेशको ८ जिल्लामा बाहिनीले शान्ति सुरक्षाका साथै सीमा सुरक्षामा काम गर्दै आएको बताउँदै यसले कतिपय गलत क्रियाकलापहरू नियन्त्रणमा सफल भएको बताउनुभयो ।

कार्यक्रममा छिन्नमस्ता महोत्तरी बाहिनी अन्तर्गत रहेका युनिटहरूमा उत्कृष्ट कार्य सम्पादन गर्ने तथा व्यवसायीक कौशल प्रदर्शन गर्ने प्रहरी अधिकृत तथा जवानहरूलाई सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी नायव महानिरीक्षक गौतमले नगद सहित सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button