तपाईँ सुन्दै हुनुहुन्छः

६ जिल्लाका खेलाडीलाई “एन्फा कम्युनिटी कोचिङ कोर्ष”

नेपालगन्ज । बाँके जिल्लाको कोहलपुरमा २८ वर्षपछि आयोजना भएको चार दिने “एन्फा कम्युनिटी कोचिङ कोर्ष” आज सम्पन्न भएको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य तथा एन्फाको सहयोगमा सञ्चालन भएको डी लाइसेन्सको उक्त कोचिङ कोर्षको कोहलपुरमा आज एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको छ । कार्यक्रमको अध्यक्षता गरेका कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले सहभागीरतलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले तालिमबाट सिकेका कुराहरूलाई अरूलाई पनि सिकाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले कोहलपुर खेलकुदको हवका रुपमा विकसित हुँदै गएको बताउनुभयो । नगर प्रमुख आचार्यले उद्देश्य अनुरुप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताउनुभयो । उहाँले यस्ता प्रशिक्षण सञ्चालन गर्नु कोहलपुरको दायित्व रहेको बताउनुभयो ।

बाँके जिल्ला फुटबल सङ्घको गठन पश्चात् पहिलोपटक कोहलपुरमा २८ वर्षपछि “एन्फा कम्युनिटी कोचिङ कोर्ष” सञ्चालन भएको हो । प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तु लगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

चार दिनसम्म कोहलपुरको तेह्र बिघामा सञ्चालन भएको कोचिङ कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिनुभएको थियो । साथै उहाँहरूलाई नगर प्रमुख आचार्यले मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button