समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले नेपाल एयरलाइन्सको काम प्रभावकारी बन्न नसकेको, घटामा रहेको कम्पनीले नयाँ बिमा खरिदको तयारी गरिरहेको, पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन हुन नसकिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राइभेट कम्पनीलाई जिम्मा लगाउने नियतले अध्ययन समिति गठन गरेको आरोप लगाउनु भएको छ ।
सांसदहरुले संविधान र अहिलेको व्यवस्थाको विकल्प नरहेको भन्दै व्यवस्थाका विरोधमा संसदभित्र बहस गर्न नुहुने बताउनुभयो ।
सांसदहरुले जलवायु परिवर्तनको विषयलाई गम्भीर रुपमा अगाडी बढ्नु पर्ने र यस विषयलाई संघीय संसदबाट गम्भीर रुपमा बहस र छलफल शुरु गर्न ढिला गर्न नहुने बताउनुभयो ।
मिटरव्याीहरु आन्दोलनमा रहेको भन्दै उनीहरूको समस्या समयमा नै समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्